उत्कृष्ट नगरपालिका घोषणा

२०७८, २९ फाल्गुन आईतवार १९:५७

काठमाडौँ: नेपाल नगरपालिका संघले सात नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको छ । संघले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा आइतबार सात उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कृत गरेको हो । एक समारोहबीच आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवाले ती नगरपालिकाहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेका छन् ।

संघले सुशासन र सेवाप्रवाह, आर्थिक विकास, सहरी योजना र पूर्वाधार विकास, वन वातावरण र जलवायु परिवर्तन तथा सामाजिक विकासतर्फ उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कृत गरेको हो । संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । त्यस्तै, स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रूपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् ।
यस्तै, सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका र वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट घोषित भएका छन् । नगरपालिका संघ देशभरिका नगरपालिकाका मेयर र उपमेयर सम्मिलित छाता संस्था हो ।


Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु