राष्ट्र उत्थान लघुवित्तको कतिमा भयो पहिलो कारोबार?

२०७८, २९ फाल्गुन आईतवार १०:५९

काठमाडौं: फागुन २९ गते, आइतबार स्पेशल प्रि ओपन सेसनमा राष्ट्र उत्थान लघुवित्त (RULB) को पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर प्रति कित्ता ५०२ रुपैयाँमा पहिलो कारोबार भएको हो।

लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरिएको ८ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख ५० हजार कित्ता गरी २६ लाख कित्ता शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि १६७ रुपैयाँ ४३ पैसा देखि ५०२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। लघुवित्तको शेयर यस दिन आरयुएलबी टिकरमा कारोबार भएको हो।

Comments

ताजा खबर