कति छिटो सर्वोच्चको वेबसाइटबाट हट्यो राणाको नाम

२०७८, १ फाल्गुन आईतवार २०:५४

काठमाडौँ : सर्वोच्च अदालतले आफ्नो वेबसाइटबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नाम र फोटो हटाएको छ । आइतबार राणामाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्चले राणाको नाम र फोटो वेबसाइटबाट हटाएको हो ।

राणाको ठाउँमा कामू प्रधानन्यायाधीश दीपककूमार कार्कीको नाम राखिएको छ । महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार नै राणा पत्र बुझेर सर्वोच्चबाट बाहिरिएका थिए । आइतबार संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ९८ सांसदले राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु