हामिलाइ पर्यो हजुरलाईनि ? जाल्पा लघुवित्तको आईपिओ आज

२०७८, १ फाल्गुन आईतवार १७:१२

काठमाडौं: जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपिओ आइतबार (आज) ५ बजे बाँडफाँड हुने भएको छ ।

कम्पनीको आइपिओ निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार बेलुका ५ बजे आईपिओ बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपिओ ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन् । बाँकी २६ लाख बढीको हात खाली हुनेछ । कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्कासन तथा विक्री खुला गरेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु