आज १९० वटा कम्पनीको शेयर मुल्य घट्यो , आज टप टेन कारोबार भएका कम्पनी

२०७८, १ फाल्गुन आईतवार १६:०२

काठमाडौं: आज शेयर बजार नेप्से परिसूचकमा पहिरो गएको छ । आज परिसूचक १०१ अंकले घटेर २७००.३२ को विन्दुमा कायम भएको छ । आज १९० वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज २२७ वटा कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब९७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको २८ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २५ करोडमाथिको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको २५ करोड २७ लाखमाथिको शेयर कारोबार भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु