प्रधानन्यायाधीश राणा जबरामाथि महाअभियोग दर्ता हुनुको कारण-पुष्पा भुसाल

२०७८, १ फाल्गुन आईतवार १५:२३

काठमाडौँ : नेपाली कांग्रेसकी नेता पुष्पा भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबरामाथि महाअभियोग दर्ता हुनुको कारण एमसीसी नभएको बताएकी छन् । पत्रकारसँग कुरा गर्दै उनले राणामाथि महाअभियोग दर्ता हुनुको कारण अहिले चर्किरहेको एमसीसी विवाद नभएको बताएकी हुन् ।

पहिलेदेखि नै यस विषयमा सांसदहरुबीचमा कुरा भइरहेको र न्यायालयलाई सुधार गर्ने विषयमा प्रधानन्यायाधीश जबरा नै जिम्मेवार रहेकाले महाअभियोेग लगाउनुपरेको उनको भनाइ छ ।

‘न्यायालयमा पहिलेदेखि नै समस्या थियो । यो विषयमा हामीहरुबीचमा छलफल भइरहेको थियो,’ उनले भनिन्, ‘अहिले दर्ता भएका कारण यो एमसीसीको कारण हो कि भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदा यो एमसीसीका कारण दर्ता भएको होइन ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु