नयाँ विद्यार्थी र व्यवसायीका लागि प्रवेश प्रतिबन्ध हटाउने- प्रधानमन्त्री फुमिओ किसिदा

२०७८, १ फाल्गुन आईतवार १५:१८

जापान: जापानका प्रधानमन्त्री फुमिओ किसिदाले लामो समयदेखि रोकिएको विदेशीको जापान नयाँ प्रवेश छिट्टै खुला गर्ने तयारी भइरहेको बताएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री किसिदाले नयाँ प्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी तथा व्यवसायीका लागि लगाएको यात्रा प्रतिबन्ध खुलाउने तयारी गरेको बताएका हुन् ।

लामो समयदेखि जापान प्रतिबन्धले विदेशीसहित विज्ञहरुको चौतर्फी आलोचना भइरहेको थियो ।ओमिक्रोनको अवस्था, देश भित्र र बाहिर कोरोना संक्रमणको स्थिति र अन्य देशका क्वारेन्टिन स्थितिलाइ अवलोकन गरेपछि चाँडै निर्णय लिइने प्रधानमन्त्रीले बताएका छन् ।

त्यस्तै जापानी दैनिक निक्केइ पत्रिकामा बिहिबार छापिएको समाचारअनुसार फेब्रुअरीको अन्त्यदेखि नव प्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी तथा व्यवसायीका लागि जापान प्रवेश खुल्ला हुनेछ । पहिलो चरणमा प्रतिदिन १ हजार जना व्यवसायी तथा विद्यार्थीहरुलाई जापान प्रवेश दिइनेछ। जसलाई विस्तारै बढाइने बताइएको छ ।

लामो समयदेखि जापानले लगाएको प्रवेश प्रतिबन्ध यहि फेब्रुअरीको अन्तिममा सकिँदैछ । जापान कोरोना नियन्त्रणको लागि कठोर प्रवेश प्रतिबन्ध लगाउने देशमा पर्छ।

लामो समयको प्रवेश प्रतिबन्धलाई नहटाएपछि विदेशी विधार्थीहरुले आ-आफ्नो देशमा विरोध प्रदर्शन समेत गरेका थिए । नेपाली विधार्थी पनि जापानले प्रवेश नखुलाएको भन्दै केही समय अघि जापानी राजदूतावास काठमाडाैँ अघि गएर विरोध गरेका थिए । ओमिक्रनको संक्रमण बढेपछि जापानमा यतिबेला धेरै प्रिफेक्चरमा अर्धआपतकाल चलिरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु