यासोक बजारमा आगलागीबाट भएको क्षतिको विवरण संकलन गरिँदै

२०७८, १ फाल्गुन आईतवार १०:१८

पाँचथर: शनिबार साँझ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भएको आगलागीमा एउटा घर र पाँचवटा पसल जलेर नष्ट भएका छन् ।

आगलागी फिदिम नगरपालिकाको वारुण यन्त्रको सहायतामा स्थानीयवासीले बेलुकी ९ बजे नियन्त्रणमा लिएका थिए । आगलागीको कारण पत्ता लाग्न सकेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

साँझ ७ः४५ बजे यासोक बजारका झरेन्द्र खतिवडामा भएको आगलागीमा खतिवडाको घर जलेर नष्ट भएको छ । आगलागीमा खतिवडाको एकसहित अन्यका चार वटा पसलहरू जलेका छन् । कच्ची घरबाट सुरु भएको आगलागी उक्त घरसँगै अन्य पक्की घरहरू रहेका कारण अन्यत्र फैलन नपाएको स्थानीयवासीको भनाइ छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु