सुर्खेत: दिउँसोको सिरसिरे बतास । बिहानैदेखि आकास डम्म थियो । नजर खुल्ला आकाशको छानोमुनि कलिला हातहरूतिर ठोकियो । एक हातमा हथौडा अनि अर्को हातमा ढुंङ्गामाथि हथौडा बजारिरहेका थिए । कापी कलम समाउनुपर्ने हातहरू निरन्तर हथौडाले ढुङ्गा र ढुंगामाथि कलिला हातहरू बजारिरहेका थिए ।
तिमीहरू पढ्ने विद्यालयको नाम के हो ? ढुङ्गामाथि बजार्दै गरेका हातहरूलाई रोक्दै एकै स्वरमा उनीहरूको उत्तर थियो, ‘सरकारी स्कुलमा हो । हामी सरकारी स्कुलमा पढ्छौँ’ । फेरि सोधेF स्कुलको नाम नै सरकारी स्कुल हो र ? मेरो प्रश्नमा उनीहरू केही बोलेनन् । आफैँमा एक आपसमा मुखामुख गर्न थाले ।
उनीहरूको विद्यालय उनीहरूकै पिठ्युँमा थियो । उनीहरूले लगाएको ट्याकसुटमा । जनआधारभूत विद्यालय ठाटीकाँध गाउँपालिका–२ पीपलचौतारा । सरकारी स्कुलमा पढेका न हुन् कसरी थाह पाउन र के हो ? विद्यालयको नाम । नितरन्तर प्रश्न उनीहरूमाथि तेस्राउदै गएँ ।
कति कक्षामा पढ्छौँ ? विद्यालय जान छोडेर किन गिट्टी कुट्न थालेको ? मेरा प्रश्नहरूमा निरन्तर उत्तर दिँदै गए । भुपेन्द्र थापा दुई कक्षा । काले थापा चार कक्षामा । विद्यालय जान मन थियो विद्यालय बन्द छन् । घरमा पैसाको समस्या छ । गिट्टी कुटेर आएको पैसाले कापी कलम किन्ने हो ।
भविष्यमा पढेर के बन्ने हो ? भविष्यमा डाक्टर/पाइलट बन्ने रहेको बताए । हरियो टयाकसुट लगाएका काले थापाले भने, ‘भविष्यमा डाक्टर, पाइलट आर्मी–पुलिस बन्ने थियो । कोरोनाका कारण त्यो इच्छा पूरा हुँदैन जस्तो छ ।’
कोरोनाका कारण विद्यालय बन्द भएपश्चात् घरायसी काममा र गिट्टीको रासमा बसेर भविष्य खोज्ने उनीहरू काले र भुपेन्द्र एक प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै कैयौँले कोरोनाका कारण विद्यालय बन्द हुँदा गिट्टीको रासमाथि र दाउराको भारीमा भविष्य खोज्दै अन्ततः उनीहरू परदेशका पालापहाडमा आफ्नो भविष्य खोज्दा खोज्दै सेलाउँछन् ।
कोरोनाका कारण विद्यालय बन्द हुँदा आफूहरू यही ठाउँमा गिट्टी कुट्दै आएको भुपेन्द्र थापा बताउँछन् । विद्यालय जाने औधी मन हुँदा पनि विद्यालय बन्द हुँदा कापी कलम जुटाउने पैसाको लागि गिट्टी कुट्ने गरेको उनीहरूको भनाई छ ।
कोरोनाका कारण विद्यालय बन्द हुँदा उनीहरूको पढाइ प्रभावित भएको छ । यहाँका अधिकांश बालबालिका बिदाको समयमा यसरी नै घरायसप् काम गर्दै दैनिकी गुजारेको स्थानीय पञ्चा बिक बताउँछिन् ।