ओली, दाहाल र खनाल सँगै बसेको फोटोले कार्यकर्तामा उत्साह

२०७९, ६ पुष बुधबार १९:२०

काठमाडौँ – बुधबार राष्ट्रपति भवन शितल निवासमा तत्कालीन नेकपाका तीन शीर्ष नेता एवं हाल एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एउटै लहरमा देखिए।

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने औपचारिक कार्यक्रममा तीन नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित भएका हुन्।

शपथ ग्रहण कार्यक्रममा गएका ओली, दाहाल र खनालले एक अर्कासँग भलाकुसारी गरेको फोटो सार्वजनिक भएसँगै तीनै पार्टीका कार्यकर्तामा उत्साह देखिएको छ।

शपथ ग्रहण कार्यक्रममा गएका ओली, दाहाल र खनालले एक अर्कासँग भलाकुसारी गरेको फोटो सार्वजनिक भएसँगै तीनै पार्टीका कार्यकर्तामा उत्साह देखिएको छ।

Comments

ताजा खबर