राप्रपा अध्यक्ष लिङ्देनले गरे एकैदिन तीनवटा पुलको शिलान्यास

२०७९, १५ मंसिर बिहीबार १९:०८

झापा क्षेत्र नं. ३ बाट नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले वुधवार एकैदिन तीनवटा पुलको शिलान्यास गरेका छन् ।

राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले हल्दीवारी गाउँपालिकामा निर्माण हुन लागेका ३ वटा पक्की पुलको शिलान्यास गरेका हुन् ।

४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपैयाँमा ३ वटा पुल निर्माणका लागि ठेक्का पाएको सारा सृष्टि निर्माण सेवा प्रा.लि. ले २०८१ मंसिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

जसअन्तर्गत वडा नं. १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाई ,वडा नं. ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाई र भुसुडी खोलाकै अर्को स्थानमा २६.८ मिटर लम्बाईको पुल निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं. ३ (२) का नवनिर्वाचित प्रदेश सांसद छवि चुडालको समेत उपस्थिति रहेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु