झापा क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवारस्वागत नेपालको चुनावी खर्च ३ लाख ५४ हजार

२०७९, १५ मंसिर बिहीबार १९:०३

काठमाडौं । झापा क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवार स्वागत नेपालले आफ्नो चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन् । नेपालले निर्वाचनमा जम्मा खर्च ३ लाख ५४ हजार ८८५ रुपैयाँ खर्च भएको भन्दै खर्च विवरण आयोगमा बुझाएका छन् । उनले आफ्नो चुनावी खर्चका सक्कल बिलसहित आयोगमा बुझाएको जानकारी दिएका छन् ।नेपालले घरमै खाना बनाएर खायौं । खाजा पनि घरमै बनाएकाे खायौं भनेर आफ्नो फेसबुकमा उल्लेख गर्नुभएको छ ।

नेपालले आफ्नो खातामा सर्वसाधारणले स्वतःस्फूर्त सय–दुई सयदेखि हजार–दुई हजार गरी सहयोग गरेको उनले बताए । यसरी आफ्नो खातामा ३ लाख ३९ हजार ९२१ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।त्यसमा आफूले १४ सय ९६४ रुपैयाँ थपेर जम्मा ३ लाख ५४ हजार ८८५ रुपैयाँ भएको र त्यो खर्च भएको उल्लेख गरेका छन् ।

नेपाल एमालेका देवराज घिमिरेसँग झिनो मतले पराजित भएका थिए । घिमिरेले २८ हजार ६ सय ९७ मत पाएका भने नेपालले २६ हजार ४ सय ४१ मत पाएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु