पार्किङ रोकेपछि बागबजारका व्यवसायी आन्दोलित

२०७९, १५ मंसिर बिहीबार १८:५३

काठमाडौँ – राजधानीको बागबजारमा सडकमा सवारीसाधन पार्किङ गर्न नपाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन्।

काठमाडौँ महानगरपालिकाले सडकमा सवारी पार्किङ गर्न रोक लगाएपछि बिहीबार उनीहरु महानगरविरुद्ध नाराबाजीसहित आन्दोलनमा उत्रिएका हुन्।

बागबजार क्षेत्रमा व्यवसाय गर्नेहरुदेखि लिएर कार्यालय सञ्चालन गर्नेहरु, स्थानीय तथा कामविशेषले पुग्नेहरुले पनि सडकमै सवारीसाधन पार्किङ गर्दै आएका थिए। त्यसमा महानगरले कडाइ गरेको हो।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु