मकवानपुरको कैलाश गाउँपालिका-९ का वडाध्यक्ष पक्राउ

२०७९, २८ असार मंगलवार २२:१८

काठमाडौँ: बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका-९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश- ९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

१४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हेटौंडाका घलानलाई शुक्रबार नै पक्राउ गरिएको हो । १८-१९ मा हेटौंडामा आयोजित राष्ट्रपति रनिङ सिल्डमा आएकी कैलाश गाउँपालिका-९ मा रहेको कालिका माविमा अध्ययनरत छात्रामाथि घलानले बलात्कार प्रयास गरेको आरोप छ ।

किशोरीले दिएको जाहेरीमा आफूसहित साथीहरू बसेको होटेलको कोठामा मध्यरातमा आएर वडाध्यक्ष घिसिङले आफूमाथि बलात्कार गर्न खोजेको आरोप लगाएकी छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु