काम पनि नगर्ने गर्नपनि नदिने गनगने घनश्याम भुसाल , गफाडीको अखडा जमाउँदै!

२०७९, २९ जेष्ठ आईतवार १२:४०

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक जेठ ३० गते बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकमा मुख्यगरी स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको विषयमा केन्द्रित हुनेछ । यसबाहेक बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आउँदै गरेको संघीय निर्वाचन र पार्टीको आगामी कार्ययोजनालगायतका विषयमा पनि छलफल हुनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भुसालले आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै गत बुधबार अनुशासन आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा बैठक बसेको थियो । अनुशासन आयोगले सोझै कारबाही गर्न नमिल्ने भएपछि कारबाही सिफारिस पत्र एमाले सचिवालयमा पुगेको छ । भुसाललाई कारबाही गर्ने वा नगर्ने भन्ने निर्णय सोमबार बस्ने सचिवालय बैठकले गर्नेछ ।

भुसालले अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय बेहोरेको बताउँदै आएका छन् । उनले केही तीन साताअघि एक टेलिभिजन अन्तर्वार्तामा पनि ओलीको कार्यशैलीको कडा आलोचना गरेका थिए ।

उक्त अन्तर्वार्तापछि ओलीले भुसाललाई कारबाही गर्न निर्देशन दिएको बताइन्छ ।

भुसालले भने आफूलाई कारबाही गर्न नमिल्ने बताउँदै आएका छन् । केही दिनअघि इकागजसँगको कुराकानीमा उनले नमिल्ने कारबाही गरिए आफूले उठाउँदै आएको विषय प्रमाणित हुने तर्क गरेका थिए ।

‘पहिलो कुरो कारबाही गर्ने भन्ने कुरो अनौपचारिक रूपमा सुनेको मात्रै छु । औपचारिक रूपमा कसैले भनेको छैन,’ उनले भने, दोस्रो कुरा कारबाही गर्न मिल्दैन । नमिल्ने कारबाही यदि उहाँहरूले गर्नुभयो भने मैले भनेकै कुरा प्रमाणित हुन्छ । पार्टी विधिमा चलेको छैन र पार्टीमा समस्या छ ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु