कांग्रेसका पूर्वसांसदसहित पाँच नेता पार्टीबाट निलम्बित

२०७९, २९ बैशाख बिहीबार १८:०९

काठमाडौँ: नेपाली कांग्रेसले सत्ता गठबन्धनको निर्णयबमोजिम नगर्ने चितवनको भरतपुर महानगरपालिकाका पाँच जना नेताहरूलाई साधारण सदस्यबाट निलम्बन गरेको छ ।
भरतपुर महानगरपालिकामा गठबन्धन दलबीच तालमेल हुँदा मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार छन् । तर, कांग्रेसका स्थानीय नेता कार्यकर्ताले गठबन्धनको निर्णय विपरीत गतिविधि गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।
चिवतनका पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, पुर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य केशव पौडेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदिप पराजुलीले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु