रुसले फेरि गरेयो भिषण आक्रमण

२०७८, २८ फाल्गुन शनिबार ०७:४१

रुसले लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको छ । शुक्रबार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको विवरणहरू आएका छन् ।

युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर-पश्चिममा रहेको लुट्स र मध्य-पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएको बताएका छन् ।

बीबीसीका अनुसार यी दुवै सहरमा यसअघि आक्रमण भएको थिएन । लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ ।

लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न फेसबुकमा लेखेका छन्। उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोध गरेका छन् ।

नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ । नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ ।

यसैबीच रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो-फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचार माध्यमले जनाएका छन् । इभानो-फ्रान्किभिस्कका नगरप्रमुखले फेसबुक पोस्टमा आक्रमणको पुष्टि गरेका छन्। उनले शत्रुले हमला गरेको लेखेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु