प्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी तथा व्यवसायिक यात्रीहरुलाई जापान प्रवेश खुल्ला

२०७८, २९ माघ शनिबार १०:००

जापान: जापानी आर्थिक दैनिक निक्केइ सिन्बुनमा प्रकाशित खबरअनुसार फेब्रुअरीको अन्त्यदेखि नव प्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी तथा व्यवसायिक यात्रीहरुलाई जापान प्रवेश खुल्ला हुनेछ ।पहिलो चरणमा प्रतिदिन १ हजार जना व्यवसायिक यात्री तथा विद्यार्थीहरुलाई जापान प्रवेश दिइनेछ, जसलाई क्रमिक रुपमा बढाइनेछ ।

निक्केइमा प्रकाशित समाचार अनुसार सीमा नियन्त्रणसम्बन्धि यो नयाँ नीति सरकारको आन्तरिक तथा अन्तरदेशिय छलफलको चरणमा रहेको र कोरोनाभाइरस संक्रमणको अवस्था हेरेर आगामी हप्तासम्ममा लागू हुनसक्ने छ ।

ओमिक्रोन भेरियन्टको फैलावटसंगै २०२१ को नोभेम्बरदेखि नवप्रवेशी विदेशीहरुको जापान प्रवेश रोकिएको थियो । जनवरीमा यसलाई बढाएर फेब्रुअरीको अन्त्यसम्म पुर्याइएको थियो । जापानको इमिग्रेशन सर्भिस एजेन्सीका अनुसार ततपश्चात जापान प्रवेश हुने विदेशीको संख्या घटेर औषतमा प्रतिदिन ७६७ जना पुगेको थियो ।

यद्यपी यो निक्केइले निकटतम सरकारी श्रोतहरुमार्फत पाएको जानकारी र विश्लेषणका आधारमा प्रकाशित खबर हो । सरकारी स्तरबाट भने यस विषयमा आधिकारिक जानकारी आइसकेको छैन ।

Comments

ताजा खबर