आजको मौसम, कस्तो होला ?

२०७८, २९ माघ शनिबार ०८:४०

काठमाडौं: आज (शनिबार) देखि तीन दिनसम्म देशभरको मौसम सफा रहने मौसमविदले बताएका छन् । कम्तीमा ३ दिनसम्म कतै वर्षा, हिमपातको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमबार रातिसम्म लगभग देशभर मौसम सफा रहनेछ।

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिबेला पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु /कुहिरो लागिरहेको बुलेटिनमा उल्लेख छ।

यस्तो छ सोमबारसम्मको मौसम पूर्वानुमान

माघ २९ गते शनिबार
दिउँसो–देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
राति–देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

फागुन १ गते आइतबार
दिउँसो–देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
राति–देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

फागुन २ गते सोमबार
दिउँसो–देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
राति–प्रदेश-१, बागमती प्रदेशको पहाडी भूभागका आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

Comments

ताजा खबर