बैँकक उडेको नेवानिको जहाज बंगलादेशमा आकस्मिक अवतरण

२०७९, १४ मंसिर बुधबार २१:३६

काठमाडौं । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बंगलादेशमा आकस्मिक अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेको थियो ।

सोहीकारण जहाज बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु