भैरहवामा दोहा र क्वालालाम्पुरबाट नेपाल एयरलाइन्सको सिधा उडान

२०७९, १४ मंसिर बुधबार २१:३२

काठमाडौँ- नेपाल एयरलाइन्सले भैरहवामा दोहा र क्वालालाम्पुरबाट उडान गर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको माग अनुसार ‘विन्टर सेड्यूल’ स्वीकृत गरेपछि अब दोहा र क्वलालाम्पुरबाट भैरहवामा सिधै उडान हुने भएको हो। प्राधिकरणले स्वीकृत गरेको तालिकाअनुसार काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रुटमा एउटा जहाजले उडान गर्नेछ भने अर्को जहाजले काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने छ। यी उडान आगामी पुस४ देखि चल्नेछन्।

त्यस्तै, नेपाल एयरलाइन्सको काठमाडौँबाट दिल्ली उडान पनि अब सातामा १४  दिने हुने प्राधिकरणले जानकारी दिएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु