भर्जिनियाको वालमार्टमा अन्धाधुन्ध गोलीप्रहार, १० जनाको मृत्यु

२०७९, ७ मंसिर बुधबार १५:५४

अमेरिकाको भर्जिनियामा स्थानीय समयअनुसार मंगलबार राति स्थानीय वालमार्ट स्टोरमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ। भर्जिनियाको चेसपिकस्थित वालमार्टमा स्थानीय समय अनुसार रातिको १० बजेपछि एक बन्दुकधारीले गोली चलाएका हुन्।

स्थानीय प्रहरी अधिकारीका अनुसार आक्रमणकारीसहित बढीमा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

केही मानिस घाइते भएका छन्। घाइतेहरूको नोर्फोकस्थित अस्पतालमा उपचार भइरहेको छ। तर, घाइतेहरुको अवस्थाबारे स्पष्ट जानकारी छैन।

कोलोराडोको गे नाइट क्लब ‘क्लब क्यू’ मा पाँचजनाको ज्यान जाने गरी भएको आक्रमणको तीन दिनपछि भर्जिनियामा अन्धाधुन्ध गोलीकाण्ड भएको हो।

 

Comments

ताजा खबर