पतपेटिका ढोगेर मतदानगरे लामिछानेले !

२०७९, ४ मंसिर आईतवार ०८:५९

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट उनले मतदान गरेका हुन् ।

सभापति लामिछानेले प्रदेश सभा सदस्यामा भने मत नखसालेको बताए। अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म मत आफू सहभागी नहुने उनको भनfइ थियो । अहिलेको प्रदेश सभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेश सभामा आफू सहभागी नबनेको उनले बताए । चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न पाएनन्। भोट खसालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले जितेमा देश समृद्ध, सुशासित हुने प्रतिवद्धता जनाए । ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिह्न पनि छैन, हामी सहभागी छैनौँ,’ उनले भने, ‘खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ । हामीले सोचेजस्तो देश र जनताको हीतमा भए मात्रै हामी सहभागी हुन्छौँ । हामीले जितेमा देश समृद्ध, सुशासन हुनेछ । नागरिकले दुःख पाउने छैनन् । अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ ।’

उनले देशलाई आफूले जिते अन्य मुलुकजस्तै समृद्ध बनाउने दाबी गर्नुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु