प्रधानमन्त्री पदलाई लिएर गठबन्धन टुट्दैन

२०७९, ४ मंसिर आईतवार ०८:५१

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावका बेलामा देशभर घुम्ने मध्येमा आफू पहिलो भएको बताएका छन्।
प्रचण्डले चितवनमा मतदान गरेलगत्तै यस्तो धारणा राखेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले देशभर चुनावको माहोल राम्रो बनेको बताए। ‘यस निर्वाचनमा सहभागिता ठूलो प्रमाण हो। निर्वाचनमा एक नम्बरमा छु देशभर घुम्नेमा। गठबन्धनको पक्षमा माहोल बनेको छ। गठबन्धनकै सरकार बन्छ,’ प्रचण्डले भने।

उनले अहिले प्रधानमन्त्रीका आकांक्षी धेरै भएको बताए। प्रधानमन्त्रीका कारण गठबन्धन नटुट्ने प्रचण्डले बताए। ‘प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन। परिवर्तनका पक्षमा लडेकै पार्टीले नेतृत्व पाउनुपर्छ भन्ने लाग्छ,’ उनले भने।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु