पाल्पामा गठबन्धनको पक्षमा जनलहर

२०७९, २३ कार्तिक बुधबार १३:३८

सातमुरे सडको स्तरउन्नती गर्ने, हार्थोक, देउराली–सोमादी सिद्धेश्वर सडको स्तरउन्नती गरी निर्वाचनपछि पिच गर्ने कामको सुुरुवात  र कुुसुमखोलादेखि भुवनपोखरीसम्म सुन्तला र विभिन्न किसिमका फलफूलहरु रहेकाले फलफूूल पकेट क्षेत्रको रुपमा विकास गर्ने

पाल्पा, २३ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पाल्पामा गठबन्धनको पक्षमा जनलहर देखिएको छ । गठन्धनका उम्मेदवारहरु गाउँ–गाउँ र टोल–टोलमा पुुग्दा आम मतदाताहरु उनीहरुको पक्षमा देखिएका हुन् । पाँच वर्ष अघि एमालेलाई बहुुमत दिएर सरकारमा पठाए पनि काम गर्न नसकेर सरकार ढालेको भन्दै मतदाताहरुले अहिले गठबन्धनलाई नै मत दिने आश्वास दिने गरेको घरदैलोमा पुुगेका उम्मेदवारहरु बताउँछन् । मंगलबार पश्चिम पाल्पाको रैनादेवी छहराको सोमादी, सिद्धेश्वर र भुवनपोखारीमा घरदैलो तथा चुनावी सभाका बोल्दै पाल्पा क्षेत्र नं २ प्रतिनिधि सभाका उम्मेदवार तथा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोम प्रसाद पाण्डेयले गठबन्धनको पक्षमा जनलहर आएको बताएका छन् । उनले गाउँ –गाउँमा पुुग्दा जनताहरु अत्यन्त उत्साहित भएको भन्दै मंसिर ४ को चुनावमा गठबन्धनका उम्मेदवारलाई भोट दिनेमा विश्वास व्यक्त गरे । उनले सातमुरे सडको स्तरउन्नती गर्ने, हार्थोक, देउराली–सोमादी सिद्धेश्वर सडको स्तरउन्नती गरी निर्वाचनपछि पिच गर्ने कामको सुुरुवात हुने बताए । उनले कुुसुमखोलादेखि भुवनपोखरीसम्म सुन्तला र विभिन्न किसिमका फलफूलहरु रहेकाले यहाँको क्षमेत्रलाई फलफूूल पकेट क्षेत्रको रुपमा विकास गर्ने बताए ।


प्रदेश सभा पाल्पा (२) २ का उम्मेद्वार तुलाराम घर्ती मगरले पनि यहाँको क्षेत्र कृषि र पर्यटको उर्वर रहेकाले त्यसको साभाव्यता अध्ययन गरी कृषि र पर्यटन क्षेत्रमा विकास गरिने बताए । उनले यस क्षेत्रको पर्यटन र कृषिको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समेत मतदाताहरुलाई आग्रह गरे । उनले रैनादेवी छहराको मुझुङ्ग, छहरा, अमलावास क्षेत्रमा कृषि र पशुपालनको पकेट कार्यक्रम सञ्चालन गरी युवा स्वरोजगार र आयआर्जन वृद्धि गर्ने समेत बताए । उनले सुन्तला, अदुवा, खुर्सानी र वनजन्य पैदावारको माध्यमबाट यस क्षेत्रका युवाहरुलाई आयमुलक गतिविधिमा जोड्ने पनि बताए ।
कार्यक्रममा जनवादी गायक तथा वरिष्ठ कलाकार झनकार बूढा मगरको विशेष प्रस्तुति रहेको थियो । उनले जनताको पक्षमा गीत गाउँदै गर्दा आमजनताहरु उत्साहित हुँदै गठबन्धनको पक्षमा उर्लिएका थिए । सोही अवसरमा रनज मञ्जुु श्री कलाकेन्द्रको नृत्य समेत प्रस्तुत गरिएको थियो । यस्तै मतदाता सुवास पल्लीले उम्मेदवारहरुलाई समस्याका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा पूर्व सांसद यादवबहादुर रायमाझी, नेपाली काँग्रेसका नेताहरु रामबहादुर कार्की, राम कार्की, माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विक, जिल्ला सचिव मथुरा ढकाल,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी,  ,राष्ट्रिय जनमोर्चाकी समानुपातिक उम्मेदवार नरमती सिंजाली, गठबन्धन रैनादेवी हछरा गाउँपालिकाका संयोजक विष्णुु प्रसाद पोखरेल, नेपाली काँग्रेस गाउँपालिकाकी उपसभापति चेतना थापा, काँग्रेसका युवा नेता शंकर रायमाझी, काँग्रेस महासमिति सदस्य नलबहादुर सारु, माओवादीका अर्जुन ज्ञवाली, वाइसियल रैनादेवीका उपाध्यक्ष बद्री पोखरेल, काँग्रेसका वडा सभापति शालिकराम ज्ञवाली, शिवप्रसाद न्यौपाने लगायतले विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुलाई  मतदान गर्न आग्रह गरे ।
उता प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पनि क्षेत्र नं २ का विभिन्न क्षेत्रमा पुुगेर मतदाताहरुसँग मत मागेका छन् । उनले आफ्नो कार्यकालमा सुरु गरेका अधुरा योजनाहरु सम्पन्न गर्नका लागि एम पटक मत दिन मतदाताहरु समक्ष आग्रह गरेका छन् । उनले आफुु प्रदेश सांसद् र मन्त्रि भइसकेपछि यहाँका सिचाई, कृषि, विद्युत, खानेपानी लगायतका क्षेत्रमा थुप्रै काम गरिसकेको र केही क्षेत्रमा योजनाहरु सञ्चालनमै रहेकाले ति योजनाहरु पुरा गर्ने गरी आफु पुनः प्रदेश सदस्यमा उम्मेदवारी दिएको बताए । उनले अहिले गठबन्धनसित जनताले ठूलो आशा र भरोसा राखेकाले पनि गठबन्धनका उम्मेदवारले जित्नै पर्ने बताए ।
यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेद्वार ज्ञान बहादुर गाहाले संविधानको रक्षा र स्थायी सरकार निर्माणका लागि गठबन्धनले जित्नै पर्ने बताएका छन् छ । प्रचार प्रसारको क्रममा क्षेत्र नं १ का विभिन्न क्षेत्रमा पुुगेर मतदाताहरुसँगको भेटमा उनले यस्तो बताएका छन् । उनले यस अघि जितेको नेकपा एमालेले विकासको सट्टा मुलुकको संविधान नै धरापमा पार्ने कार्य गरेकाले यस पटक गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे ।
गाहाले क्षेत्र नं. १ को पूर्वी भेगलाई सडक सञ्जालसँंग जोड्ने मुख्य सडक रामपुर आर्यभञ्ज्याङ खण्डको स्तरोन्नती, रुपन्देहीसँग जोड्ने झडेवा सडकखण्डको सुधार गर्न लागि पर्ने बताए । गठबन्धनका पाल्पा क्षेत्र नं. १ प्रदेश २ का उम्मेद्वार शंकर खनालले विगत लामो समयदेखि नेतृत्व गर्दै आएका उम्मेद्वार र दलको अब विकल्प सोच्ने बेला आएको बताए । उनले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका पूर्वाधार निर्माण संगै कृषि र पर्यटनको प्रवद्र्धनका लागि स्पष्ट योजनाका साथ आफु आएको भन्दै यस पटक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । यस्तै प्रदेश सभा १ का गठबन्धनका उम्मेदवार श्यामाकान्त खनालले रामपुरका विभिन्न टोलहरुमा पुगेर मतदाताहरु समक्ष मत माग्दै  विकसित गाउँ , विकसित शहर निर्माणका लागि मतदान गर्न आग्रह गरे ।

Comments

ताजा खबर