नेपाल पत्रकार महासंघ जापानको ५ औँ अधिवेश सम्पन्न,अध्यक्षमा पहरी र सचिवमा गौतम चयन

२०७९, २१ कार्तिक सोमबार ०७:१६

टोकियो,जापान। नेपाल पत्रकार महासंघ जापान शाखाको ५ औँ अधिवेशन सम्पन्न भएको छ ।

आईतबार टोकियोमा सम्पन्न अधिवेशन शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रविन्द्र श्रेष्ठ र महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भएकी छन् भने सचिवमा राजन गौतम निर्विरोध चयन भएका छन् ।

त्यस्तै खुल्ला सहसचिवमा विश्वास आचार्य, समावेशी सहसचिवमा सजिना मोक्तान चयन भएकी छन् भने कोषाध्यक्षमा अर्जुन लामिछाने निर्विरोध चयन भएका छन् ।

सदस्यहरुमा लक्ष्मि पौडेल,कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुङ्(प्रमेश), फुर्वा शेर्पा चयन भएका छन् ।त्यस्तै केन्द्रीय परिषद् सदस्यमा मनिषा चम्लागाईँ र राजविन थापा चयन भएका छन् ।

अधिवेशनको उद्घाटन पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले गरेका थिए भने खुल्ला सत्रको प्रमुख आतिथ्यता जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले गरेका थिए । जापानको विभिन्न स्थानमा पत्रकार महासंघका ६६ जना साधारण सदस्य रहेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु