मतदाता परिचयपत्र छैन चिन्तालिनु प्रदैन , नागरिकताको आधारमापनि भोट हाल्न पाउने

२०७९, २८ बैशाख बुधबार २३:००

काठमाडौँ: मतदाता परिचयपत्र नभएकाले स्थानीय तहको निर्वाचनमा मत खसाल्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका मतदाताले अरु परियचका आधारमा पनि मतदानमा सहभागी हुन पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले भने,’ नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनी प्रमाणपत्रको पुर्जामध्ये एक थोक हुनुपर्ने छ । तर, मतदाता नामावलीको अन्तिम मतदाता नामावलीमा मतदाताको नाम समावेश भएको हुनै पर्छ ।’

‘मतदाता नामावलीमा नाम भएका मतदातालाई परिचयपत्र नभए पनि परिचय खुल्ने आवश्यक प्रमाणपत्र भएमा मतदान केन्द्रका निर्वाचन अधिकृतले मतदान गर्न सहजीकरण गर्नु पर्नेछ,’ उनले अगाडि थपे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु