साँझ बुटवलको मिलनचोकमा बम पड्कियो

२०७९, २८ बैशाख बुधबार २२:३०

बुटवल – बुटवलको मिलनचोकमा बुधबार साँझ बम पड्किएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम पड्किएको हो ।

उक्त स्थानबाट नेकपा माओवादीको नाममा प्रचाहरु समेत फेला परेको प्रहरीले जनाएको छ । बिस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु