धनगढी उडेको श्री एयरलाइन्स जहाजको इन्जिन फेल हुँदा काठमाण्डौंमै आकस्मिक अवतरण

२०७९, २८ बैशाख बुधबार १२:४६

काठमाडौं: काठमाण्डौं बाट ८७ यात्रु लिएर धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाण्डौंमै आकस्मिक अवतरण गराइएको छ।

जहाजको एउटा इन्जिन फेल भएपछि धनगढीमा अवतरण गर्न नसकेपछि काठमाण्डौंमै आकस्मिक
अवतरण गराइएको हो । जहाजमा ८७ जना यात्रु थिए।

जहाजको सकुशल अवतरण भएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको छ।
Comments

ताजा खबर