गोली बोकेर जापान उड्न लागेकी  तनहुँकी सोविता नेपाली विमानस्थलबाट पक्राउ

२०७८, २८ चैत्र सोमबार २३:०६

काठमाडौं: गोली बोकेर जापान उड्न लागेकी तनहुँकी सोविता नेपाली त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी छन् । विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।

भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउण्ड गोली फेला पारेको हो। लगत्तै उनलाई पक्राउ गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको ढकालले जानकारी दिए ।

Comments

ताजा खबर