काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन्। सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानसेनापति शर्माले आज उक्त सडकको हेलिकोप्टरमार्फत निरीक्षण गरेका हुन्।

प्रधानसेनापति शर्माले तिंकर सडकको हवाई निरीक्षण गरेको सैनिक निर्देशनालयले जनाएको छ। निरीक्षण भ्रमण पूर्व उनले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटघाट तथा छलफल गरेका थिए।
दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति महा शर्माले २८ माघमा कञ्चनपुरको गड्डाचौकीस्थित नेपाली सेनाद्वारा निर्माणाधीन होल्डिङ सेन्टरको अवलोकन गर्ने कार्य योजना रहेको छ।व्यास गाउँपालिकाको तुसर पानीदेखि कोठेधारसम्म चार किलोमिटर र कोठे धारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको जिम्मा सेनालाई दिइएको छ।