बुद्ध एयरको २५ वर्षे यात्रा हाल १६ जहाज

२०७९, २४ आश्विन सोमबार २०:४६

काठमाडौँ – बुद्ध एयरले स्थापनाको २५ वर्ष पूरा गरेको छ। कम्पनीले आज एक कार्यक्रमकाबीच २५ वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको बताएको हो।

बुद्ध एयरको स्थापना सन् १९९७ मा भएको हो। एउटा जहाजबाट सुरु गरेको हवाई उडानको यात्रा हाल १६ वटा जहाजसम्म पुगेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए।

उनका अनुसार बुद्ध एयरले २५ वर्षको यात्रा पार गर्दा दुई लाख ६४ हजार ९ सय १८ वटा फ्लाइट गरिसकेको छ। त्यस्तै, एक करोड ८० लाख ३२ हजार ४ सय ५८ जनाले यात्रा गरेका छन्।

कम्पनीले निकट भविष्यमा ३ वटा एटीआर जहाज थप गर्ने योजनासमेत वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको छ।

कम्पनीले हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको छ। हाल ४३ वटा रुटमा उडान भर्दै आएको छ

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु