पहिरोले घर पुरियो, दुई घाइते

२०७९, २१ आश्विन शुक्रबार ११:५७

पाल्पा । लगातारको बर्षाले पहिरो जादा घर पुरिएको छ । तिनाउ गाउँपालिका–६ मस्यामस्थित चिदीसका नीरबहादुर सारूको घर पुरिएको हो । शुक्रबार बिहान ३ बजे गएको पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार घर पुरिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा डेढ वर्षीया आरुषी खासु र  २१ वर्षीया विष्णुमाया सारु रहेका छन । घाइते भएका दुवैजनाको तानसेन प्रभास स्थित लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते  दुबैजनाको अवस्था सामान्य रहेको पाल्पा प्रहरीले जनाएको छ । फाइल तस्बिर ।

Comments

ताजा खबर