लमजुङ समाज जापानको दोश्रो अधिवेशन सम्पन्न:- अध्यक्षमा गुणिमाया गुरुङ ।

२०७९, २० आश्विन बिहीबार ०६:४८

जापान ।जापानको टोकियोमा लमजुङ समाज जापानले आफ्नो दोश्रो अधिवेशन बाट अध्यक्षमा गुणिमाया गुरुङ सहित १७ सदस्यिय नयॅा कार्यसमिति चयन गर्दै दोश्रो अधिवेशन सम्पन्न गरेको छ ।

दोश्रो अधिवेशनले एक महिला सहित तिन उपाध्यक्षमा लिल गुरुङ, सोम गुरुङ, दामोदार घिताल,  रुपी दुरा महासचिवमा महेन्द्र न्यौपाने चयन भएका छन भने सचिवमा रमेश दुरा, कोषध्यक्षमा डिनु कुमारी गुरुङ, सहकोषध्यक्षमा सोम गुरुङ, सात सदस्यहरुमा गिता घले, हिमाल गुरुङ, भोज गुरुङ, सुवास गुरुङ,सुरेन्द्र गुरुङ, दिपजङ घले, आवम गुरुङ, र रोशन गुरुङ चयन भएका छन ।

अधिवेशनले ऋतु दुरा, झम बहादुर गुरुङ, शिवहरी पौडेल, मनोज घले, बुद्दी घिमिरे, शैलेन्द्र मिश्र, र मिनराशी गुरुङलाई संरक्षक एवं सल्लाहकारमा चयन गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु