सेना प्रमुख सभेन्द्र सिल्भाले शान्ति कायम गर्न जनताको समर्थन खोजे

२०७९, २६ असार आईतवार ११:५९

कोलम्बो- अभूतपूर्व आर्थिक संकट सामना गरेको श्रीलंकाका सेना प्रमुख जनरल सभेन्द्र सिल्भाले आइतबार शान्ति कायम गर्न जनताको समर्थन खोजेका छन् । जनरल शभेन्द्र सिल्वाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान संकटलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने अवसर आएको बताए । उनले श्रीलंकालीहरूलाई देशमा शान्ति कायम गर्न सशस्त्र बल र प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीको ठूलो समूह राष्ट्रपति निवास प्रवेश गरेको थियो । प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सुरक्षाकर्मीले सुटुक्क सुरक्षित क्षेत्रतर्फ लगेको थियो । राष्ट्रपतिले १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका छन् । एजेन्सी

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु