पूर्व राष्ट्रपति मुसरफ अस्पताल भर्ना, अवस्था गम्भीर

२०७९, २७ जेष्ठ शुक्रबार २१:३२

इस्लामावाद: पाकिस्तानका पूर्व राष्ट्रपति जनरल पर्वेज मुसरफ अस्पताल भर्ना भएका छन् । पछिल्लो तीन हप्तादेखि दुवई स्थित एक अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहे पनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन् । उनीहरूका अनुसार उनको अवस्थामा सुधार आउने कुनै संभावना छैन भने शरिरका धेरै अङ्गमा समस्या उत्पन्न भएको छ ।

मुसरफको ट्वीटर हेन्डलमै उनका परिवारजनको तर्फबाट लेखिएको सन्देशमा उहाँलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ । उनको अवस्थामा सुधार होस् भनेर आफुहरुले प्रार्थना गरिरहेको पनि उहाँका आफन्तले बताएका छन् ।

‘ट्वीटरमा लेखिएको छ, “उहाँलाई भेन्टिलेटरमा राखिएको होइन । उहाँको अवस्था गम्भीर छ । तत्काल सुधार हुने संभावना पनि छैन । उहाँका अधिकांश अंगले काम गरेका छैन्न । त्यसैले उहाँलाई सजिलो होस् भनेर हामीले कामना गरिरहेका छौँ ।”

सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका मुसरफको जन्म भने भारतको नयाँ दिल्लीमा भएको थियो । सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उनले राज्य सत्ता हातमा लिएका थिए । रासस

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु