मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठमाथि हातपात

२०७९, २७ जेष्ठ शुक्रबार ११:५९

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठमाथि हातपात भएको छ । उनलाई आफ्नै पार्टी जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले हातपात गरेका हुन् ।

सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नपठाएको भन्दै उनीमाथि मन्त्रालयको कार्यकक्षमै हातपात गरेका थिए । सांसद यादव भौतिक रुपमै आक्रमणमा उत्रिएपछि मन्त्रीको सुरक्षामा खटिएका पिएसओले उनलाई रोकेका थिए ।

तर सांसद यादवले भने आफूले हातपात नगरेको सामान्य चर्काचर्की मात्रै भएको बताए । ‘मैले हातपात गरेको छैन्,’ उनले भने, ‘योजना सम्बन्धमा गफ भएको थियो । योजनाका बारेमा उहाँले दिएको उत्तर मलाई चित्तबुझ्दो लागेन त्यसैले चर्काचर्की भयो ।’


ताजा खबर

    सम्बन्धित शीर्षकहरु