काठमाण्डौ: अपि पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले कम्पनीलाई आज(फागुन २६ गते) १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद अर्थात हाल कायम चुक्तापूँजी रु.२७५.८९ करोडको १०ः३.९३६२९२६ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिलट लिमिटेड रहेको छ। कम्पनीले हकप्रद सेयर निष्कासनको माग गर्दै गत असार २५ गते बोर्डमा आवेदन दिएको थियो ।
यसअघि कम्पनीले गत जेठ २० गते २९.३८ प्रतिशत अनुपातको हकप्रद निष्कासनको गरेको थियो ।