रुस र युक्रेनका विदेशमन्त्री वार्ता गर्न टर्कीमा

२०७८, २६ फाल्गुन बिहीबार ०७:५७

युक्रेनी र रुसी शान्ति वार्ताकारहरू टर्की पुगेका छन् ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबा रुससँग शान्ति वार्ता गर्न टर्की पुगेका छन् ।

टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुको निमन्त्रणामा आज अन्टाल्या सहरमा वार्ता हुनेछ ।

बीबीसीका अनुसार यसअघि बुधबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभ पनि टर्की पुगेका थिए ।

दुई साताअघि रुसी आक्रमणपछि राष्ट्रका शीर्ष कूटनीतिज्ञहरूबीचको पहिलो तीनतर्फी वार्ता हुनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु