देशभरमा एक हजार ३६९ जनामा कोभिड १९ पुष्टि, १२ जनाको निधन

२०७८, २७ माघ बिहीबार १९:३२

बिहीबार देशभरमा एक हजार ३६९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ११ हजार ८८० परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा गरिएको आठ हजार ८८० पीसीआर परीक्षण गर्दा एक हजार १३ जनामा र तीन हजार एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण पाइएको छ ।

नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । योसँगै नेपालमा ११ हजार ८६४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । यस्तै हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ११ लाख सात हजार ९८६ जनामा पुगेको छ ।

यसैगरी एक दिनमा कोरोना दुई हजार २३८ जनाले कोभिड १९ जितेका छन् । यसरी ९ लाख ३० हजार ६०७ जनाले आजसम्म संक्रमणमुक्त भएका छन् ।

आज काठमाडौंमा २३५ जना, ललितपुरमा ६४ जना र भक्तपुरमा ३० जना संक्रमित थपिएका छन् ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा यस दिन ३२९ जनामा संक्रमण देखिएको छ ।

हाल देशमा २९ हजार चार जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा १३३ जना रहेका छन् ।


ताजा खबर