३०५३ जना सवारी चालकमाथि कारबाही

२०७९, ११ आश्विन मंगलवार १३:१६

काठमाडौँ: ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सोमबार ३ हजार ५३ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७४ जना, लेन अनुशासन पालना नगर्ने ४५ जना, रेड लाइटमा सवारी साधन चलाउने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४७ जना र नम्बर प्लेट राम्रोसँग नराख्ने ५४ जना चालक रहेका छन् ।
यस्तै २ हजार ५६८ जना चालकलाई अन्य कारबाही गरेको कार्यालयले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु