विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने

२०७९, ११ आश्विन मंगलवार १३:०४

काठमाडौँ: विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी बुधबार नेपाल आइपुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । नेपालसँगै उनले यूएई, उज्बेकिस्तान र किर्गिस्तानको पनि भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।
बुधबारदेखि सुरु हुने उनको १२ दिने विदेश भ्रमणमा द्विपक्षीय सम्बन्ध र ‘रुस र चीनबाट फैलाइएका गलत सूचनाको प्रतिवाद’ गर्ने विषय प्राथमिकतामा परेको विदेश मन्त्रालयले जनाएको छ ।
त्यसैगरी अफगानिस्तानमा अमेरिकी सहयोग, सामाजिक समता, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका मुद्दामा पनि द्विपक्षीय कुराकानी हुने अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । ट्रुडोले भ्रमणका क्रममा सरकारी अधिकारी, मिडिया प्रतिनिधिलगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।

नेपालमा उनले अल्पसंख्यक समुदायका अभियन्ता, मिडिया प्रतिनिधिलगायतसँग अन्तरक्रिया गर्ने बताइएको छ । त्यस्तै उनले काठमाडौंमा अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषअन्तर्गतका कार्यक्रम सञ्चालन भएका क्षेत्रको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु