देशभर सार्वजनिक यातायातकाे रुट परमिट खुला

२०७९, १० आश्विन सोमबार २१:४८

पाल्पा १०, असाेज । देशभर लागू हुने गरी सरकारले सोमबारबाट सार्वजनिक यातायातकाे रुट परमिट खुला गरेको छ। घटस्थापना देखी काेजाग्रत पूर्णिमा (असोज २३ गते) सम्मका लागि रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ। दसैं, तिहारमा घर जान चाहने यात्रुलाई लक्षित गरी घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो। कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने विभागले जनाएको छ।

काठमाडौँ उपत्यका तथा विभिन्न जिल्ला सदरमुकामबाट धेरै यात्रु आआफ्नो घर जाने गरेका छन्। सबैभन्दा बढी चाप फूलपाती पछि हुने विभागले जनाएकाे छ । विभागले १५ गतेबाट २२ गतेसम्म अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बीस चक्के सवारीसाधन नारायणगढबाट काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ।

Comments

ताजा खबर