खेलकुद समाग्री हस्तान्तरणका लागी वडाबाट ७५ हजार विनियोजीत

२०७९, १० आश्विन सोमबार १४:३९

काठमाडौ: सातौँ नगर कप फुटबल प्रतियोगितामा भाग लिनका लागि तौलुङ् स्पोर्ट्स एकेडेमिलाई बूढानीलकण्ठ नगरपालिका वडा नं ०१ ले खेल सामाग्री हस्तान्तरण गरेको छ ।

वडाले आज तौलुङ चौतारामा एक कार्यक्रम आयोजना गरी आफ्नो वडाको प्रतिनिधित्व गर्ने टिमका खेलाडिहरुलाई १-१ सेट जर्सी, १ सेट ट्रयाक, १-१ सेट मोजा र फुटबल बुट हस्तान्तरण गरेको हो ।
वडा अध्यक्ष सुरेन्द्र लामाले फुटबल टिमले हाल सम्म गरेका कार्यको प्रशंसा गर्दै युवाहरुलाई खेलकुद प्रति थप प्रोत्साहन गर्न र समाजिक कार्यमा हौसला प्रदान स्वरुप खेलकुद समाग्री हस्तान्तरण गरिएको बताउनुभयो ।

यस खेलकुद समाग्री हस्तान्तरणका लागी वडाबाट ७५ हजार विनियोजोत भएको छ । थप सहयोग राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष अमित लामा, हाँडि विरयानीका संञ्चालक पोषण नेपाल-पुजन नेपाल, राष्ट्रिय खेलकुद महासंघका सदस्य दिपक तामाङ लगायत समाजसेवि हरि भारतीबाट प्राप्त भएको लामाले जानकारी दिनुभयो ।

बूढानीलकण्ठ नगरपालिकामा हरेक बर्ष हुने नगर कप फुटबल प्रतियोगिता नगरपालिकाकै चर्चित खेलकुद प्रतियोगिता मानिन्छ । एकेडेमीले विगतमा प्रतियोगिताको उपाधी आफ्नो वडामा भित्राउन सफल समेत भईसकेको छ ।

यस वर्ष १९ वटा टिमले भाग लिएको प्रतियोगितामा तौलुङ स्पोर्टस एकेडेमी दावेदार समुह मध्य एक हो । यस टिमले असोज १० गते (भोलि) स्तुपा बोईज संग पहिलो खेल खेल्दै छ ।

खेल दिँउसो ३ः३० बजे बुढानिलकण्ठ स्कुलको फुटबल मैदानमा हुने भएकोले खेलाडिहरुलाई थप हौसला प्रदान गर्न समर्थक लगायत सम्पुर्ण नगरवासीहरुलाई अध्यक्ष लामाले निमन्त्रणा गर्नु भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु