तानसेन नगरका उपभोक्तालाई २० युनिट विद्युत निःशुल्क

२०७९, १० आश्विन सोमबार ०६:०५

तानसेन, १० असोज ।
तानसेन नगरपालिका भित्रका उपभोक्तालाई २० युनिटसम्म विद्युत महशुल निःशुल्क बनाएको छ । नगरपालिकाको ११ औं नगरसभाबाट नगरपालिका भित्रका २० युनिटसम्म विद्युत उपभोग गर्ने उपभोक्तालाई महशुल निःशुल्क गर्ने नीति तथा कार्यक्रम पारित गरेको थियो । नगरसभाले गरेको निर्णयालाई कार्यविधि बनाई सम्झौता पत्र भएपछी निती कार्यनवयनमा आएको छ ।

नगरपालिकाले ५ एम्पियर विद्युत मिटर जडान गरी २० युनिट सम्म खपत गर्ने उपभोक्ताहरुला लागी न्यूनतम ३० रुपैंया महशुल छुट दिनेगरि नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रबीच सम्झौता गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली र नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण शाखाका प्रमुख विवेक अधिकारीले संझौतापत्रमा संयुक्त हस्ताक्षर गरेपछी यो निति कार्यान्वयनमा आएको हो ।

तानसेन नगरपालिकाले १४ वटै वडाका १ हजार ८ सय १५ जना उपभोक्तालाई २० युनिटसम्मको विद्युत् महशुल निःशुल्क गरेको छ । विद्युत् प्राधिकरणले २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई न्यूनतम मासिक ३० रुपैयाँ लिंदै आएको तानसेन नगरपालिकाले रु ३० रुपैयाँ समेत तिरिदिने व्यवस्था गरेको हो । यो सम्झौता २०८० साल अषाढ मसान्तसम्म लागू हुनेछ ।

तानसेन नगरपालिकाले बार्षिक रुपमा एक जना उपभोक्ता बराबरको ३ सय ६० रुपैया का दरले एकमुष्ट रुपमा विधुत प्राधिकरण पाल्पा लाई १ हजार ८ सय १५ जनाको ६ लाख ५३ हजार ४ सय रुपैयाँ अग्रिम रुपमा भुक्तानी गरेको छ ।
तानसेन नगरपालिकाले वडागत रुपमा सार्वजनिक सूचना गरी २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताहरुको नामावली संकलन गरेको थियो । निःशुल्क सुविधा पाउनेहरुमा वडा नंं. १ बाट ९ जना, २ बाट १ जना, ३ बाट ४ जना, ५ बाट १६५ जना, ६ बाट ४० जना, ७ बाट ४१ जना, ८ बाट ३४५ जना, ९ बाट १६३ जना, १० बाट ६८ जना, ११ बाट ४८२ जना, १२ बाट ३२६ जना, १३ बाट १२५ जना र १४ बाट २१ जना उपभोक्ता रहेका छन् ।

तानसेन नगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रतिक्षा सिंजालीले तानसेन नगरपालिकाभित्र रहेका अति गरिब विपन्न परिवारको लागि विद्युत् महशुलमा पूर्ण निःशुल्क गरिएको बताइन । कार्यक्रममा नगर प्रवक्ता यादवसिंह कार्कीले सबै वडाबाट कोही पनि २० युनिटसम्म विद्युत महशुल खपत गर्ने उपभोक्ताहरु नछुटुन भनी वडा वडामा अभियान नै चलाएको, छुटेका भएका आगामी वर्षबाट समेट्ने बताए । पाल्पामा विद्युतका ३८ हजार ग्राहक रहेका छन् भने २५ हजार ग्राहक २० युनिटभन्दा कम खपत गर्ने उपभोक्ता रहेको विद्युतको तथ्यांक रहेको छ ।

Comments

ताजा खबर