पाँच दलिय गठबन्धनको बैठक सम्पन्न

२०७९, ९ आश्विन आईतवार १७:५६

पाल्पा ९ भदौ ।
पाल्पामा कृयासिल पाँच दलिय गठबन्धनको बैठक तानसेनमा सम्पन्न भएको छ । नेपाली कांग्रेस पाल्पाको कार्यालयमा बौठक सम्पन्न भएको हो । काङ्ग्रेस पाल्पाका सभापती हिमाल दत्त श्रेष्ठ ज्यु अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य मथुरा ढकाल, नेकपा एस. पाल्पा अध्यक्ष खिमानन्द पाण्डे, राजमो पाल्पा का अध्यक्ष विशाल दर्लामी र जसपा पाल्पाका का अध्यक्ष खिक बहादुर रेस्मी लगायतका जिल्लास्तरिय नेताहरुको उपस्थिती रहेको थियो ।

बैठकले हिन्दुहरुको महान चाड बिजया दशमी, दिपावली, छठ पर्व र नेपाल सम्वतको अवसरमा सम्पुर्ण पाल्पालीमा शुभकामना ब्यक्त गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य को निर्बाचनमा गठबन्धनको उम्मेदवार लाई निर्बाचित गर्नको लागि आवस्यक तयारी को लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको नेपाली काङ्ग्रेस पाल्पाले जनाएको छ।

Comments

ताजा खबर