आगलागीमा एक जना जलेको प्रहरीले आशंका

२०७९, ५ आश्विन बुधबार २०:३१

काठमाडौ: कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । सो आगलागीमा एक जना जलेको प्रहरीले आशंका गरेको छ । तर, यसको पुष्टि भने भइसकेको छैन ।
आगो नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी हाल्ने तयारी भएको समेत प्रहरी जनाएको छ । काठमाडौं र ललितपुरका दमकल पनि आगो नियन्त्रणमा लागिरहेका छन् ।

Comments

ताजा खबर