वुमेन्स साफ च्याम्पियनसिपमा नेपाली टिम सेमिफाइनल प्रवेश

२०७९, २७ भाद्र सोमबार २१:०१

काठमाडौँ । घरेलु खेलमैदान दशरथ रंगशालामा भइरहेकाे वुमेन्स साफ च्याम्पियनसिपमा नेपाली टिम सेमिफाइनल प्रवेश गरेको छ। नेपालले समूह ‘बी’ विजेताका रूपमा सोमबार भएकाे समूहको अन्तिम लिग खेलमा श्रीलंकालाई  ६-० ले हरायो । यो जितपछि नेपालको दुई खेलबाट अधिकतम ६ अंक भएको छ ।

पहिलो हाफमा नेपाल चार गोलले अगाडि रहेको थियो । नेपालको जित एकपक्षीय रह्यो र श्रीलंकाले पूरा खेल अवधिमा कुनै पनि आक्रमण गर्न सकेन । नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको यो लगातार छैटौं संस्करण हो । नेपाल प्रतियोगिताका सबै संस्करणमा कम्तीमा सेमिफाइनल पुगेको छ । नेपालका लागि रश्मिकुमारी घिसिङ, सरु लिम्बू, अमृता जैसी र दीपा शाहीले एक/ एक गोल गरे । यस्तै अमिशा कार्कीले दुई गोल गरिन् । लगातार दुई हारपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकामाथि नेपालको यो लगातार आठौं जित हो ।

Comments

ताजा खबर