लागूऔषधी ब्राउन सुगरसहित एक युवक पक्राउ

२०७९, २० भाद्र सोमबार ०६:१४

पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधी ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का सानुबाबु तुलाधर रहेका छन् ।

कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले शनिबार चाउथेको कदममार्गबाट तुलाधरलाई पक्राउ गरिएको हो ।

उनको साथबाट लागूऔषध ब्राउन सुगर १.०१५ ग्राम बरामद भएको र उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर