भ्वाइस अफ स्याट सिजन १ को उपाधि प्रिन्स परियारले जिते

२०७९, १८ भाद्र शनिबार २३:११

आज भाद्र १८ गते शनिबार रियालिटी शो भ्वाइस अफ स्याट सिजन १ भव्यताको साथ सम्पन्न भएको छ । स्कुल अलाइन्स फर एकेडेमिक टान्सफरमेसन (स्याट) ले आयोजना गरेको भ्वाइस अफ स्याटको पहिलो संस्करणको उपाधि प्रिन्स परियारले जितेका छन् ।

आज भाद्र १८ गते शनिबार भएको फाइनलमा अन्य २४ प्रतिस्पर्धीलाई निर्णायकको निर्र्णयको आधारमा पराजित गर्दै नेश्नल अर्किड बोर्डिङ स्कूलका छात्र प्रिन्स परियारले उपाधि रक्षा गरेका हुन् । उक्त प्रतियोगितामा गोल्डेन गार्डेन एकेडेमीका आयूष मगर दोस्रो, साम्तेन मेमोरियल एडुकेश्नल एकेडेमीकी यूमी राई तेस्रो, गोल्डेन गार्डेन एकेडेमीका मनिष खड्का चौथो र पिक पोइन्ट एकेडेमीकी रेसिका श्रेष्ठले पाँचौ स्थान हासिल गर्न सफल भएका छान् ।

गायक सन्तोष श्रेष्ठ ,गायिका संगिता प्रधान, र म्यूजिक डाईरेक्टर राजु सिंहले भ्वाइस अफ स्याटको पहिलो संस्करणको निर्णयकको भूमिका निर्वाह गरेका हुन् ।

प्रतियोगिताको २५ फाइनलिस्टले भ्वाइस अफ स्याट सिजन १ को ट्रफी प्राप्त गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु